ऐरावती गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लाका साबिकका गा.वि.स.हरू दाङवाङ, बरौला, पकला, बिजुली, धुवाङ(१–६,९) र रस्पुरकोट (१–५) गा.वि.स. मिलेर बनेको हाे । नेपालकोहो मानचित्रमा ऐरावती गाउँपालिकाका भौगोलिकअवस्थिति २७०५४,३०,देखि २८००३ उत्तरी आक्षांसम्म र २०४,३० देखि ८३० ००,३० पूर्वी देशान्तरसम्म फैलिएको ।१५६.७५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची जिल्ला, पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी गाउँपालिका र अर्घाखाँची जिल्ला पर्दछन् ।विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । दशैँ, तिहार,माघि होली, गौरा, कृष्णजन्माष्टमी,ल्होसार,बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वकोरूपमा रहेको पाईन्छ