add

कप्तान रोहितको अर्धशतक, नेपालद्वारा २ सय ३० रनको लक्ष्य प्रस्तुत


आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
 टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट    गुमाउँदै २ सय    २९ रन बनाएको हो ।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।
उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।
खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए ।
प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।
अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।
ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।
हालसम्म नेपालले दुई खेलमा जीत र एक खेलमा हार बेहोर्दै समूहको दोस्रो स्थानमा रहेको छ ।