add

केटी तानेर श्रीमती बनाउने प्रथा अझै, मीटुको ह्यासट्याग प्रयोग गर्ने दुनियालाई चुनौती दिदैँ गोरखाको विही गाउँ

Image result for boys vs girl
गोरखा, बैशाख ४ । 
केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई को हो भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको भन्यो । हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें ।
‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ ।
हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’
ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो ।
]किशोरी असुरक्षित
युवाहरूले तानेर जबरजस्ती दुलही बनाउने ९कु० प्रथाका कारण यस भेगका किशोरी असुरक्षित महसुस गर्छन् । मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू आफ्नै घर, बाटो, पानीघट्ट, खेतबारीलगायत जहाँतहीं असुरक्षित रहेको शिक्षिका छिरिङ याङ्जोम बताउँछिन् । ‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा, पानीघट्टमा जाँदा, गुम्बामा जाँदा, मेलाजात्रातिर जाँदा जहाँबाट, जतिबेला पनि तान्न सक्छन्’, उनी भन्छिन्, ‘देशको नियमकानुन पनि लाग्दैन । त्यसैले हाम्रो गाउँका छोरीचेलीलाई कहीं पनि सुरक्षा छैन ।’
संस्कृति पनि विकृति पनि
तानेर विवाह गर्ने चलनलाई संस्कृतिका रूपमा पनि लिन सकिने यस क्षेत्रका पढेलेखेका युवाको भनाइ छ । ‘हाम्रो गाउँमा कि मागी विवाह हुन्छ, कि तानी विवाह हुन्छ’, प्रोकका निमा लामा भन्छन्, ‘प्रेम विवाह गर्ने चलन छैन । त्यसैले मिलेमतोमै केटाले ताने जस्तो गर्ने, केटीले नमानेको जस्तो गर्ने चलन छ ।’
तानेर बिहे गर्ने चलन कायम राख्न पनि तानेको अभिनय गर्ने गरेको उनको भनाइ छ । ‘केटा र केटीको माया प्रेम बसेको हुन्छ । बाआमासँग कुरा गर्दा मिल्दैन अनि केटाले तानेर लगे जस्तो गर्ने चलन पनि छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा देख्नेलाई चाहिँ जबरजस्ती गर्‍यो जस्तो पर्छ । तर, सहमतिमै भएको हुन्छ ।’ अन्नपूर्ण पोस्टबाट ।