काठमाडौं १ माघ / काभ्रेको मण्डन देउपुर
नगरपालिका–११ गैराथोकस्थित उमा
सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट
शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि
बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत
११ वर्षीया सुनमाया तामाङ गत पुस २७
गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त
विद्यालयले आयोजना गरेको शैक्षिक
भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट
हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले
जानकारी दिनुभयो । नगरकोट, काठमाडाँै,
मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा
भेट्न नसकिएको उहाँले बताउनुभयो ।
शिक्षक र व्यवस्थापन समितिका
पदाधिकारीको टोलीले उनको खोजी गर्दै
आएको छ । बेपत्ता सुनमायाको खोजीका
लागि विभिन्न स्थानका प्रहरी चौकीमा
खबर गरिएको श्रेष्ठले बताउनुभयो ।
गोरखापत्रबाट
