काठमाडौ - माध्यमिक तहको शिक्षक
नियुक्ति हुँदा पेश गरेको शैक्षिक प्रमाणपत्र
नक्कली भएको भन्दै अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा
दायर गरेको छ ।
रामसखी मो.सिंह जनता माध्यमिक
विद्यालय बलरा – ५, सर्लाहीका माध्यमिक
तहका शिक्षक देवनारायण ठाकुरले बुझाएको
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली
भएको अख्तियारको दावी छ ।
'झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश
गरी नियुक्ति भएको भन्ने समेत व्यहोराको
उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त त्रुटि
फेला परेको' अख्तियारका प्रवक्ता रामेश्वर
दंगालले जानकारी दिए ।
ठाकुरले बाबा साहेब भिमराव अम्बेड्कर
विहार विश्वविद्यालय मुजफ्फरपुर भारतबाट
स्नातक उत्तीर्ण गरेको प्रमाण पत्र पेश गरी
माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक
पदमा नियुक्ति लिएका थिए । उक्त कार्यबाट
सरकारी लाभ तथा सुविधा समेत लिएको
देखिन आएकोले मुद्दा दायर गरेको
अख्तियारको भनाई छ ।
साभार: एडुखबर
