सम्पूर्ण प्राज्ञिक स्वयत्तता
प्रदान गर्ने गरि प्रधानाध्यापकको छुट्टै पदको ब्यबस्था गर्नुपर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले
तयार गरेको छ। जसका लागि कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका शिक्षकहरुले शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुन सक्नेछन् ।यस प्रकारको परीक्षामा शिक्षकको नेतृत्व परीक्षण गरिनेछ।
उक्त प्रतिवेदनको मस्यौदामा स्थानीय सरकारले प्र अ सँग विद्यालय समितिको रोहवरमा निश्चित नतिजासूचकका
आधारमा कार्यसम्पादन सम्झौता गर्ने र
शिक्षकले प्रअसँग पनि कार्यसम्पादन सम्झौता
गर्ने प्रस्ताव गरिएको छ ।

