add

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्न

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै
कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना
तयार पारेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष
कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा
विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।
माघको दोस्रो सातासम्ममा समायोजनको सबै प्रक्रिया सकि माघको अन्तिम
सातासम्ममा लोकसेवा खुलाउने गरी कार्ययोजना बनाइएको छ ।
कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा पद
अनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ ।
सो कार्ययोजना अनुसार प्रशासन, स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वन,
लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव
स्तरसम्ममा विज्ञान खुल्ने निश्चित भएको हो ।
आयोगले विगतका वर्षहरुमा झैं विभिन्न रिक्त २ हजार पदमा पदपूर्तिको
तयारी गरे पनि कर्मचारी समायोजनका कारण रिक्त
दरबन्दी विवरण पठाउन नसकेपछि लोकसेवाले मंसिर अन्तिम साता
गर्ने भनेको विज्ञान गर्ने सकेको थिएन ।