शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
३१ जना यात्रु रहेको उक्त बस ६-७ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए । कपुरकोटको बनसपति उद्यान केन्द्रमा अवलोकन पछि फर्किएको दाङ हुन सक्ने बताईएको छ ।