काठमाडौं २८ पुस / नेपाली कांग्रेसको भ्रातृ
संगठन नेपाल विद्यार्थी संघको १२औं
महाधिवेशन अनिश्चित भएसँगै आठ
पदाधिकारीले सामूहिक राजीनामा दिएका
छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति
असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी
सभापति शेरबहादुर देउवासमक्ष राजीनामा
बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार
शाही, सञ्जय यादव, विकास केसी,
महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री
प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश
घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।
वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न
नसक्ने देखिएपछि निकास दिन राजीनामा
गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका
छन् ।
नेविसंघको १२औं महाधिवेशन अनिश्चित
भएपछि विघटनको संघारमा पुगेको छ । गत
भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय
समितिको महाधिवेशन गर्नका लागि भनी
कांग्रेसले पटकपटक म्याद थप्दै आएको छ ।
विधानलाई लत्याउँदै पटकपटक म्याद थप गर्दा
समेत १४ जिल्लाको भन्दा बढी अधिवेशन गर्न
नसकेपछि नेविसंघ केन्द्रीय समिति स्वतः
विघटनको संघारमा पुगेको हो ।
महाधिवेशनका लागि सभापति शेरवहादुर
देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल
पक्षको जुहारी नै चलेको थियो । विना
तयारी र विधानविपरीत नेविसंघको म्याद
थप्दै जानु विधानविपरीत मात्र नभई
लोकतान्त्रिक प्रक्रिया माथिको प्रहारको
रुपमा रहेको पौडेल पक्षले ठहर गरेको छ ।
‘यसरी विधानविपरीत नेविसंघको म्याद थप्दै
जाने हो भने भोलि नेपाली कांग्रेस केन्द्रीय
समितिको म्याद नथपिएला भन्न सकिन्न’ –
संस्थापन इतर पक्षका विद्यार्थी नेता मोती
भण्डारीले बताउनुभयो ।
कांगे्रस महासमितिबाट सभापति देउवा र
वरिष्ठ नेता पौडेल बीच मेलमिलाप भएको
घोषणा गरिएपनि नेविसंघको सन्दर्भले फेरि
शीर्ष तहमा झगडा निम्तिने निश्चित भएको
छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय
समितिमा ३२ वर्ष तोकेपछि झगडा झाङ्गिदै
गएको थियो ।
वरिष्ठ नेता पौडेल, नेताहरु कृष्णप्रसाद
सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान
सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट
लेखेका थिए । पछिल्लो समय देउवाले भ्रातृ
संगठनमा आफ्नो पकड गुमाउँदै गएपछि सबैभन्दा
शक्तिशाली भ्रातृ. संगठन नेविसंघको
महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको वताइन्छ ।
पटक पटक नेविसंघको केन्द्रीय समितिको
म्याद थप गर्ने र अनुकूल समयमा केन्द्रीय
समिति भङ्ग गरी तदर्थ समिति गठन गर्ने
तयारी रहेको देउवा निकट मानिने विद्यार्थी
नेता सरोज थापाले वताउनुभयो ।
अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र
स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन
नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै
विकल्प खोज्नुपर्ने दाबी गरिएको छ ।
संगठन नेपाल विद्यार्थी संघको १२औं
महाधिवेशन अनिश्चित भएसँगै आठ
पदाधिकारीले सामूहिक राजीनामा दिएका
छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति
असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी
सभापति शेरबहादुर देउवासमक्ष राजीनामा
बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार
शाही, सञ्जय यादव, विकास केसी,
महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री
प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश
घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।
वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न
नसक्ने देखिएपछि निकास दिन राजीनामा
गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका
छन् ।
नेविसंघको १२औं महाधिवेशन अनिश्चित
भएपछि विघटनको संघारमा पुगेको छ । गत
भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय
समितिको महाधिवेशन गर्नका लागि भनी
कांग्रेसले पटकपटक म्याद थप्दै आएको छ ।
विधानलाई लत्याउँदै पटकपटक म्याद थप गर्दा
समेत १४ जिल्लाको भन्दा बढी अधिवेशन गर्न
नसकेपछि नेविसंघ केन्द्रीय समिति स्वतः
विघटनको संघारमा पुगेको हो ।
महाधिवेशनका लागि सभापति शेरवहादुर
देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल
पक्षको जुहारी नै चलेको थियो । विना
तयारी र विधानविपरीत नेविसंघको म्याद
थप्दै जानु विधानविपरीत मात्र नभई
लोकतान्त्रिक प्रक्रिया माथिको प्रहारको
रुपमा रहेको पौडेल पक्षले ठहर गरेको छ ।
‘यसरी विधानविपरीत नेविसंघको म्याद थप्दै
जाने हो भने भोलि नेपाली कांग्रेस केन्द्रीय
समितिको म्याद नथपिएला भन्न सकिन्न’ –
संस्थापन इतर पक्षका विद्यार्थी नेता मोती
भण्डारीले बताउनुभयो ।
कांगे्रस महासमितिबाट सभापति देउवा र
वरिष्ठ नेता पौडेल बीच मेलमिलाप भएको
घोषणा गरिएपनि नेविसंघको सन्दर्भले फेरि
शीर्ष तहमा झगडा निम्तिने निश्चित भएको
छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय
समितिमा ३२ वर्ष तोकेपछि झगडा झाङ्गिदै
गएको थियो ।
वरिष्ठ नेता पौडेल, नेताहरु कृष्णप्रसाद
सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान
सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट
लेखेका थिए । पछिल्लो समय देउवाले भ्रातृ
संगठनमा आफ्नो पकड गुमाउँदै गएपछि सबैभन्दा
शक्तिशाली भ्रातृ. संगठन नेविसंघको
महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको वताइन्छ ।
पटक पटक नेविसंघको केन्द्रीय समितिको
म्याद थप गर्ने र अनुकूल समयमा केन्द्रीय
समिति भङ्ग गरी तदर्थ समिति गठन गर्ने
तयारी रहेको देउवा निकट मानिने विद्यार्थी
नेता सरोज थापाले वताउनुभयो ।
अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र
स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन
नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै
विकल्प खोज्नुपर्ने दाबी गरिएको छ ।
नेपाल समाचारपत्रबाट
