काठमाडौं २ माघ / उच्चस्तरीय राष्ट्रिय
शिक्षा आयोगले आफ्नो प्रतिवेदन सरकारलाई
बुझाएको विषयमा आज काठमाडौंबाट
प्रकाशित पत्रपत्रिकाले फरक फरक तरिकाले
खबर छापेका छन् ।
उच्च स्तरीय शिक्षा आयोगको प्रदिवेदन
प्रधानमन्त्रीलाई बुझाइयो, प्रतिवेदन भने अझै
गोप्य शिर्षकमा नेपाल समाचारपत्रमा
ईश्वरराज ढकालले लेखेका छन् । प्रतिवेदन
सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीले
प्रतिवेदनको अंश कति चुहिन्छन थाहा छैन तर
अध्ययन गरेर सरकारले ग्रहण गर्ने बताएको उक्त
खबरमा उल्लेख छ ।
यस्तै नयाँ पत्रिकामा प्रधानमन्त्री ओलीले
निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था
निम्तने दाबी गरेको भन्दै ओलीले सार्वजनिक
विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी
विद्यालयहरू आफैँ भाग्ने बताएको खबरमा
उल्लेख छ ।
‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर
वृद्धि भएपछि निजी विद्यालयप्रतिको
आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय
शिक्षा सामुदायिक विद्यालयमा पाएपछि
अभिभावकहरू महँगा निजी विद्यालयमा
जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई
प्रतिबन्ध लगाउने पक्षमा छैन । तर, विद्यार्थी
नै नभएपछि निजी विद्यालय कसरी टिक्छन्
र ?’
यस्तै गोरखापत्रमा उक्त खबरलाई सामुदायिक
विद्यालयको गुणस्तर निजी सरह पुर्याईने
शिर्षकमा प्रकृति अधिकारीले खबर लेखेका
छन् ।
