add

८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?

काठमाडौं । शिक्षाविद् प्राडा विद्यानाथ
कोइरालाले अहिले ८ हजार बढी अस्थायी
शिक्षकहरु परीक्षामा फेल हुँदा समेत शिक्षक
महासंघले कुनै विरोध नजनाउनु सकारात्मक भएको
बताएका छन् ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको
अन्तक्र्रियामा बोल्दै प्राडा कोइरालाले
शिक्षक महासंघका नेतृत्वलाई हामीले गरेका
रहेनछौं भन्ने महसुस भएको दावी गरेका हुन् ।
'महासंघको नेतृत्वलाई हाम्रा शिक्षकहरु कमजोर
रहेछन् । अब शिक्षकलाई तिखार्नुपर्छ भन्ने महसुस
भएको पाएँ । यसले एउटा विस्वासको आधार
निर्माण गरेको छ साथै सुधारको संकेत पनि' –
कोइरालाले भने ।
शिक्षक, कर्मचारी, विद्यार्थी सबैमा दलियकरण
हुँदा शिक्षा कमजोर बनेको समेत कोइरालाको
आरोप थियो ।
'अहिले ८ हजार अस्थायी शिक्षक फेल हुँदा पनि
शिक्षक महासंघले विरोध गरेन । शिक्षकका
कुनैपनि भातृसंगठनहरुले पनि विरोध गरेनन् ।
उनीहरुमा अब साच्चै गर्नुपर्छ भन्ने चिन्तन बनेको
देखिन्छ' – प्राडा कोइरालाले भने, 'यो
सकारात्मक सुधारको संकेत हो ।'
शिक्षकमा पछिल्लो समय अब साच्चै गर्नुपर्छ भन्ने
चिन्तन बढेको देखिएको कोइरालाको भनाइ
थियो । 'यसरी हेदा कमजोरलाई पनि कांध हाल्ने
दलीय तथा तिनका भातृसंगठनका वुद्धि फिर्न
थालेको देखिन्छ । अर्थात अब साच्चै गर्नुपर्छ भन्ने
चिन्तन बनेको देखिन्छ ।' कोइरालाले भने ।
आयोगले अस्थायी शिक्षकहरुका लागि २२ हजार
७६ पदमा आन्तरिक विज्ञापन गरेकामा २३ हजार
३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २
सयले मात्र परीक्षा दिएका थिए । लिखित
परीक्षामा ८ हजार बढी शिक्षकहरु असफल
भएका थिए । कानूनतः परीक्षामा असफल भए
सुविधा सहित अवकाश हुनुपर्नेछ । यसरी हेर्दा
एकसाथ ८ हजार बढी कार्यरत अस्थायी
शिक्षकहरु विदा हुने भएका हुन् ।
साभार: एजुकेसनपाटी