५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको
भीड लागेको छ ।
केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र
प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै
पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना
अधिकारी रामराज खकुरेलले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म करीब एक हजारले
९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको
१० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा
आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उनले सोचेभन्दा
कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको
सङ्ख्या बढेको बताए ।
सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन
लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको
थाहा नभएको बताए । आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग
गर्नेछ । करीब ४० प्रतिशत शिक्षक
अनुत्तीर्ण भएका छन् । उनका अनुसार दैनिक सय
जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका
छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक
जनाको मात्र परिवर्तन भएको खकुरेलले जानकारी दिए
।
यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२
हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो ।
